सन् २०२५ सम्ममा मेसिनले मानिसको आधा काम गर्नेछ

प्रविधि

सन् २०२५ सम्ममा मेसिनले मानिसको आधा काम गर्ने विश्व आर्थिक फोरमको अनुसन्धानले जनाएको छ।

स्विजरल्यान्डको यस थिंक ट्यांकका अनुसार त्यसबेलासम्म रोवट क्रान्तिले विश्वभर ९ करोड ७० लाख रोजगारी सिर्जना गर्नेछ।

यद्यपी दैनिक ज्याला मजदुरी गरेर खाने समुदायलाई रोवट क्रान्तिले ठूलो झट्का लाग्ने पनि अनुसन्धानमा बताइएको छ।

फोरमले विश्वभरका ठूला ३ सय कम्पनीमा अनुसन्धान गरेको हो। जहाँ ८० लाख मानिसले रोजगारी पाएका छन्। ती कम्पनीहरुले रोवट र मेसिनको प्रयोग गर्न रुचाएका छन्।

रोवट तथा मेसिनको तिव्र गतिमा विकास भइरहेको समयमा मेसिनले मानिसले गर्ने कामलाई प्रतिस्थापन गर्ने जनाइएको छ।

धेरै जनशक्तिको काम मेसिन र रोवट एक्लैले गर्ने हुनाले ठूलो कम्पनीहरुले मानिसको स्थानमा रोवट र मेसिनलाई स्थान दिने बताइएको छ। एजेन्सी