दक्षिण कोरियामा ५ तहको सामाजिक दुरी नियम लागु

सोल

दक्षिण कोरियाली प्रधानमन्त्री चुङ सेई क्युनले आइतबार ५ तहको सामाजिक दुरी नियमको घोषणा गरेका छन् ।

कोरोना रोकथामका लागि प्रभावकारी हुने बिश्वास गरिएको उक्त नयाँ नियम पहिलेको ३ तहको सामाजिक दुरीको बिस्तारित रुप भएको उनले जानकारी दिएका छन् ।

केन्द्रीय प्रकोप तथा उद्धार प्रधान कार्यालयको एक कार्यक्रममा बोल्दै क्युनले पहिले अपनाइएका सामाजिक दुरी नियमलाई पुनसंरचना गर्दै नियमको कोरोना महामारी नियन्त्रणमा सकारात्मक भुमिका रहने बताएका छन् ।

उनले उक्त नयाँ सामाजिक दुरीको प्रभावकारीतामा विश्वास समेत व्यक्त गरेका छन् ।क्युनका अनुसार ति ५ नयाँ नियमहरु ‘प्राथमिकता’ तथा ‘नियमितता’का आधारमा अपनाइने छ ।

उच्च जोखिमयुक्त क्षेत्रमा अनिवार्य गरिएका मास्क लगाउने लगायतका नियमहरु अब हरेक क्षेत्रमा लागु गरिने छ । नयाँ नियम बारे थप जानकारी चाँडै नै सार्वजनिक गरिने उनले बताएका छन् ।

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि सरकारले नियन्त्रणका लागि रचनात्मक उपायहरु अवलम्बन गर्न थालेको हो । हालसम्म दक्षिण कोरियामा २६३६५ जना कोरोना संक्रमित रहेका छन् ।हटपाटी