उत्तर कोरियाद्वारा कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादन सम्बन्धि डाटा ह्याकको प्रयास

सोल

उत्तर कोरियाली साइबर हमलाकारीहरुको एक टोलीले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका कम्पनिहरुको डाटा ह्याक गर्ने प्रयास गरेका छन् ।

मालवेरको प्रयोग गरि डाटा चोरि गर्न लागेको अमेरिकि साइबर सुरक्षा अधिकारीहरुले बताएका छन् ।बोष्टोनमा रहेको साइबर ब्युरोका अनुसार उत्तर कोरियाको सरकार संरक्षित ह्याकरहरुको समुहले ह्याक गर्ने प्रयास गरेको समाचारमा बताइएको छ ।

पछिल्लो पटक गरिएको उक्त हमला प्रयासमा ‘किमसुकी (kimsuky)’ नामक स्पाइवेर (इन्टरनेट तथ्याङ्क संकलन गर्न बनाइएको शंकास्पद सफ्टवेर)को प्रयोग गरेको अधिकारीहरुले बताएका छन् । उक्त टोली सन् २०१२ बाट ह्याकिङ गतिविधिमा संलग्न रहेको छ ।

उक्त गतिविधि नियालीरहेको अमेरिकी साइबर सुरक्षा कम्पनि साइबररिजनका अनुसार उक्त मालवेरको आइपी ठेगाना पहिला उत्तर कोरियाले प्रयोग गर्ने गरेकोसँग मिल्दो जुल्दो रहेको छ । अमेरिकी थिङ्क ट्याङ्कका डाटा चोर्न प्रयोग गरिएको बेबीसार्क नामक मालवेरसँग किमसुकीका विशेषता मिल्दा जुल्दा रहेका छन् ।

हाल उत्तर कोरियाली ह्याकरहरुले सैन्य गतिविधिमा मात्र ध्यान नदिई दक्षिण कोरिया, चीन, रसिया, जापान, अमेरिका लगायतका देशका औषधि उत्पादक कम्पतिका तथ्याङ्क चोर्न समेत आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् । हाल उत्तर कोरियाली ह्याकरहरुले आर्थिक बिकासमा सहयोग गर्ने क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्न थालेका छन् ।हटपाटी