कोरियाले कोरोना बिरुद्धको रसियन भ्याक्सिन उत्पादन गर्ने

सोल

दक्षिण कोरियाली बायोटेक कम्पनि जीएल राफाले कोरोना भाइरस बिरुद्ध रसियाले तयार गरेको भ्याक्सिन स्पुतनिक -भीको उत्पादन गर्ने भएको छ ।

रसियन प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले दिएको जानकारी अनुसार जीएल राफाले प्रत्येक बर्ष १५० मिलियन डोज औषधी उत्पादन गर्ने छ ।

रसियाली अधिकारीहरुका अनुसार उक्त औषधी आगामी महिनाबाट मानिसहरुमा प्रयोग गरिने छ । दक्षिण कोरियामा उत्पादन गरिने उक्त औषधी भने विश्वभर वितरण गरिने रसियाली अधिकारीहरुको भनाई छ ।

आरडिआइएफ का कार्यकारी निर्देशक किरिल डिमिट्रेभका अनुसार तेश्रो चरणको क्लिनिकल परिक्षणका क्रममा ९२ प्रतिशत नतिजा दिएको उक्त खोप अब प्रयोगका लागि तयार भएको छ । उनले उक्त खोप विश्वभर पुर्याउन अन्तराष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताएका छन् ।

हालसम्म विश्वका ५० बढी देशबाट १.२ बिलियन बढी डोज भ्याक्सिनको माग भएको बताउदै आरडिआइएफका अधिकारीले उक्त माग धान्न रसिया बाहिर दक्षिण कोरिया, भारत, ब्राजिल, चीन लगायतका देशका बायोटेक कम्पनिहरुसँग सहकार्य गरिने छ । रसिया बाहिर ५०० मिलियन डोज भ्याक्सिन बार्षक रुपमा उत्पादन गरिने समेत अधिकारीले बताएका छन् ।

आरडिआइएफ अधिकारीले हाल विश्वका अन्य देशहरुले समेत औषधी उत्पादनमा चासो देखाएका छन् । अन्तराष्ट्रिय माग धान्न अन्य देशहरुबाट समेत भ्याक्सिन उत्पादन गरिने कम्पनिका अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाकै अन्य दुई कम्पनिहरुसँग पनि कुरा भइरहेको बताउदै थप उत्पादनका लागि छलफल भइरहेको उनले बताएका छन् ।