सोल
दुई वना दक्षिण कोरियाली अमेरिकी नागरिक अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उनकी श्रीमति जील बाइडेनका रुपमा ह्वाइट हाउसमा प्रवेश गर्ने भएका छन् ।
एक जना राष्ट्रपतिको सुरक्षा गार्ड तथा एक जना जीलको समय तालिका ब्यवस्थापकका रुपमा ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन् ।
विशेष एजेन्टका रुपमा कार्यरत डेविड चो गत महिना राष्ट्रपति कार्यालगमा गरिएको सुरक्षा अधिकारी हेरफेरका क्रममा बाइडेनको सुरक्षा अधिकारीका रुपमा ह्वाइट हाउस प्रवेश गरेका थिए ।
चोले सन् २००८-२०१६ मा वाइडेन उपराष्ट्रपति भएका बेला समेत उनलाई सुरक्षा प्रदान गरेका थिए ।चोले यस अघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको किम जोङ उनसँगको भेटका क्रममा समेत सुरक्षा ब्यवस्थापन गरेका थिए । उनी अमेरिकाको समुद्रपार सुरक्षा ब्यवस्थापनका सल्लाहकारका रुपमा समेत कार्यरत छन् ।
त्यसै गरि अर्की दक्षिण कोरिया उद्गम भएकी अमेरिकी नागरिक गिना ली पनि ह्वाइट हाउस प्रवेश गर्दै छन् । उनी अमेरिकी फस्ट लेडी जील वाइडेनको कार्य तालिका ब्यवस्थापकका रुपमा त्यहाँ प्रवेश गर्न लागेकी हुन् । उनी यस अघि समेत वाइडेन फाउन्डेशनमा रणनैतिक अधिकृतका रुपमा काम गर्दै आएकी थिइन् ।Hotpati