रेशम चौधरीलाई न्याय दिलाउँछौँ : स्वतन्त्र मधेस गठबन्धन रुपन्देही

भैरहवा : स्वतन्त्र मधेस गठबन्धन रुपन्देहीले रेशम चौधरीलाई न्यायको पहल गर्ने बताएको छ। आफूहरुले आफ्नो बटमलाइन नबिर्सिएको भन्दै स्वतन्त्र मधेसको लागि निरन्तर अघि बढ्ने गठबन्धनले बताएको छ।

गठबन्धनको रुपन्देही कार्यसमितीले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग भएको ११ बुँदे सहमतिले ११ बुँदे नै फाइदा भएको निश्कर्षसमेत निकालेको छ ।

‘हाम्रो जुन स्वतन्त्र मधेसको बटमलाइन छ ,त्यसलाई बिर्सिएका छैनौँ’, पत्रकार सम्मेलनमा रुपन्देहीका संयोजक भुपेन्द्र यादवले भने, ‘अब मेण्डेट लिएर त्यही रोडम्याप अनुसार संसदीय प्रणालीबाट प्रक्रियागत रुपमा आगाडि बढ्छौँ ।’

उनले अन्तर्राष्ट्रिय स्तरमा दर्ता गरिएका हाम्रा मुद्दाको विषयमा सरकारसँग कुनै सहमति नभएको भन्दै दुई नम्बर बुदाँले आफूहरुलाई अन्तर्राष्ट्रिय स्तरमा जाने बाटोसमेत खुल्ला गरेको बताए ।

‘जनताले स्वतन्त्र मधेसको नारा छाडेका छैनन्’, उनले भने, ‘जनताले चाहे लिन सक्छन् ।’

उनले सहमति अनुसार रुपन्देही जिल्लामा कुनै वाधा अवरोध नपुर्याउने भन्दै प्रक्रियागत र शान्तिपूर्ण रुपमा स्वराज आन्दोलन अगाडि बढाउने बताए ।

स्वतन्त्र मधेस अझै आफूहरुको एजेण्डा रहेको भन्दै उनले भने, ‘सरकारसँग भएको सम्झौतामा स्वतन्त्र मधेस वा स्वाराजको मुद्दा त्याग्ने विषयमा स्पष्ट केही लेखेको छैन तसर्थ हामी शान्तिपूर्ण रुपमा आफ्नो एजेण्डा अनुरुप काम गर्ने छौँ ।’

उनले भएका सहमतीलाई सरकार र आफूले कार्यान्वयन गरे मधेस र सम्रग देशको सम्वृद्धि हुने बताए ।

राजनितिक मुद्दा राजनितिक रुपमा समाधान गर्नुपर्ने भए पनि राजपाका नेता रेश्म चौधरीलाई जेल सजाए हुनु दुःखद विषय रहेको उनले बताए । उनले रेशम चौधरीको रिहाई (न्याय) को लागि गठबन्धन अघि बढ्ने बताए ।
‘रेशम चौधरी कुन पार्टीको नेता हुन्, हामीलाई मतलब छैन’, उनले भने, ‘सरकारले उनीमाथि अन्याय गरेकोले शान्तिपूर्ण मार्गबाट न्याय दिलाउनका लागि गठबन्धन अघि बढ्छ ।’

युएनपिओ पछि अब युएनमा सहकार्यको बाटो खुलेको, स्वराज आन्दोलनको रोडम्याप अनुसार अब संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्ने सकिने लगायत निश्र्कर्ष निकालेको गठबन्धनले निकालेको छ ।

सरकार र गठबन्धन बीच ११ बुँदे सहमति भएपछि ‘रुपन्देही स्वतन्त्र मधेस गठबन्धन’ले निकालेको ११ बुँदे निश्र्कर्ष :