नीतिगत भ्रष्टाचार निम्त्याउने गरी ‘जिल्ला दररेट’

डोटी– डोटीको ‘दररेट निर्धारण समिति’ले सडक निर्माणमा सडक विभागको दररेट भन्दा दुई सय ५० प्रतिशतभन्दा बढी पर्ने गरी ‘जिल्ला दररेट’ निर्धारण गरेको छ। जसले सडक निर्माण कार्यमा नीतिगत भ्रष्टाचार निम्तने आरोप लागेको छ। दररेट निर्धारण समितिको गत असार ३१ गते बसेको बैठकको निर्णय नम्बर ९ मा ‘मेसिन प्रयोगगरी सडक निर्माण गर्दा प्रति घनमिटर सबै प्रकारको […]

Continue Reading

सेनाको त्रिशूल

काठमाडौँको भद्रकाली (लुमडी) मन्दिरछेउमा नेपाली सेनाको मुख्यालय बाटो हिँड्ने सबैले देखेका छन्। सो भवनको शिरमा त्रिशूल र डमरु अंकित रहेको पनि परैबाट स्पष्ट देखिन्छ। त्रिशूल–डमरु देवाधिदेव महादेवका प्रिय वस्तु हुन्। महाशिवरात्रिलाई सैनिक दिवस (आर्मी डे) मान्ने नेपाली सेनामा विभिन्न धर्म, क्षेत्र, जातजाति र समुदायको प्रतिनिधित्व भएको छ भने सनातन धर्म÷संस्कृतिप्रतिको विश्वासबाट सेना विचलित नभएको पनि […]

Continue Reading

प्रधानमन्त्री उपस्थित संसदमा पुडासैनी र रवी लामिछाने प्रकरण उठ्यो, सांसदले के भने?

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र प्रस्तोता रवी लामिछानेको गिरफ्तारीको विषय संसदमा प्रवेश गरेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना सांसदले यो विषयलाई प्रतिनिधिसभाको आइतबारको बैठकमा उठाएका हुन्। आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारवाही र समसामयिक विषयमा सम्बोधन गरेका थिए। प्रधानमन्त्रीको सम्बोधनपछि शून्य समयमा बोल्दै तत्कालिन माओवादी केन्द्रबाट बाँकेबाट निर्वाचित […]

Continue Reading

आन्दोलनमा एक जना घाइते भएभने हिरासतमा बसेको भन्दा पीडा हुन्छ

चितवन– प्रहरी हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् । केही अराजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुंगा प्रहार गरेर आन्दोलनलाई बदनाम गराउन उद्यत हुने भन्दै लामिछानेले सचेत रहन आह्वान गरेका हुन् । चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेका सामाजिक अभियन्ता रमेश […]

Continue Reading

नियम विपरित रकम असुल्ने मेनपावरमा छापा

वैदेशिक रोजगार व्यवसायी कम्पनी म्यानपावरहरुले ठगी गर्ने गरेको गुनासो अझै उस्तै छ। निःशुल्क भिसा र टिकटमा समेत रकम लिइ ठगी गर्ने प्रवृत्ति अहिले पनि कायमै छ । शुक्रबार वैदेशिक रोजगार विभागको एक टोलीले फ्री भिसा फ्री टिकेटमा युएई पठाउन १ लाख १५ हजार उठाउने सामाखुशीको शिवाकोटी मेनपावरमा छापा मारेको छ । शिवाकोटी मेन पावरले युएईको […]

Continue Reading

सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट भित्रियो,आकर्षक गन्तव्य कोरिया भने आठौंमा

काठमाडौ ।नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डाइभर्सिटी भिसा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो। नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस […]

Continue Reading

धर्मको नाममा हिंसा गरेको भन्दै दक्षिण कोरियाली नेतृलाई ६ वर्ष जेल

४ सय जनालाई फिजीमा बन्धक बनाएर राखेको र हिंसा गरेको अभियोगमा दक्षिण कोरियाली एक नेतालाई ६ वर्षको जेल सजाय सुनाइएको छ । ग्रेस रोड चर्चकी संस्थापकसमेत रहेकी सिन ओक जु ले सन् २०१४ मा ४ सय जनालाई फिजी पुर्‍याएकी थिइन् । उनीहरुको पासपोर्ट खोसिएको थियो भने उनीहरुमाथि कुटपिट पनि भएको थियो । सिन गत वर्षको […]

Continue Reading

कोरियाको कमाईले ५५ जनालाई रोजगारी दिएका यूवा भन्छन ; कोरियाको कष्टले धेरैकुरा सिकायो !

ईपीएस परीक्षा उत्तीर्ण गरेर रोजगारीमा दक्षिण कोरिया जाँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका दुर्गा फुयाललाई लागेको थियो, अब मस्ती हुने भो। कोरियामा आनन्द पनि हुन्छ, पैसा पनि कमाइन्छ। जब उनी कोरिया पुगे, त्यसपछि थाहा पाए यो त दुःखको पहाड नै रहेछ। ‘कोरिया हामीले सोचेभन्दा धेरै फरक रहेछ,’ दुर्गा भन्छन, ‘बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म लगातार काम […]

Continue Reading

सडक दुर्घटनामा परि अस्ट्रेलियामा २ नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ अस्ट्रेलियाको स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको दूतावासले जनाएको छ । उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ […]

Continue Reading

नेपाली ‘हिमालको पानी’ लैजान कोरियाली कम्पनीको चासो

नेपालको हिमालय क्षेत्रको पानी आयात गर्न सकिने सम्भावनाबारे दक्षिण कोरियाली कम्पनीले चासो देखाएका छन् । कोरिया पुगेको नेपाल उद्योग वाणिज्य संघको एक टोलीसँग त्यहाँका पानी प्रशोधन गर्ने कम्पनीहरूले यस्तो चासो व्यक्त गरेका हुन् । नेपाल बोटल्ड वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीका अनुसार ४ वटा कोरियन कम्पनीले बीजनेस–टू–बिजनेश (बीटूबी) बैठकमा नेपालमा ‘ग्लासियर’ पानीको उत्पादन र […]

Continue Reading