१८ आश्विन २०८३, आईतवार
Follow us :

गोदावरी चापागाउँमा ‘दशैं सस्तो बजार महोत्सव २०८३’ आयोजना हुँदै

कान्तिपुर प्रेस

ललितपुर । नेपालीहरूको महान् पर्व बडादशैंलाई लक्षित गर्दै ललितपुरको गोदावरी नगरपालिका–१०, चापागाउँ झ्यालुङ्टार स्थित मिनी रंगशालामा ‘गोदावरी चापागाउँ दशैं सस्तो बजार महोत्सव २०८३’ आयोजना हुने भएको छ।

लिनियर मिडिया प्रा ली तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा महोत्सव २०८३ असोज २१ गतेदेखि कात्तिक ०१ गतेसम्म सञ्चालन हुनेछ। दशैंको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य तथा विभिन्न आवश्यक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु द्वारा सांस्कृतिक एवं मनोरन्जनान्मक कार्यक्रम सहित बाल उद्यानका रोमाञ्चक खेल सामाग्रीहरुबाट मनोरन्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय प्रतिभालाई प्रवर्द्धन गर्नका निमित्त खुल्ला नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ।

महोत्सवमा विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता–चप्पल, घरायसी तथा दैनिक उपभोग्य सामग्रीलगायतका वस्तुहरूको प्रदर्शनी तथा बिक्री रहने जनाइएको छ। साथै स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीलाई समेत प्राथमिकता दिइने आयोजकको भनाइ छ।

महोत्सवले दशैंको किनमेलका लागि स्थानीय बासिन्दालाई एउटै स्थानमा विभिन्न सामग्री उपलब्ध गराउनुका साथै स्थानीय व्यापार तथा व्यवसाय प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

१८ आश्विन २०८३, आईतवार ०९:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०