८ कार्तिक २०८३, आईतवार
Follow us :

कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन, लक्ष्मीको पूजा आराधना गरिँदै

यस पर्वसँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने धार्मिक मान्यता रहेको छ।

कान्तिपुर प्रेस

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर धार्मिक श्रद्धा र आस्थाका साथ मनाइँदै छ। यस पर्वसँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा समापन हुने धार्मिक मान्यता रहेको छ।

हिन्दू धर्मावलम्बीहरूले कोजाग्रत पूर्णिमाका अवसरमा धनधान्य र समृद्धिकी देवी लक्ष्मीको विशेष पूजा–आराधना गर्ने परम्परा छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादसैँ कोजाग्रत पूर्णिमासँगै समाप्त हुने मानिन्छ।

‘कोजाग्रत’ शब्दको अर्थ ‘को जागा छ?’ भन्ने हो। धार्मिक मान्यताअनुसार यस रात देवी लक्ष्मीले पृथ्वीमा आएर जाग्राम बसेका भक्तजनलाई धनधान्य र समृद्धिको आशीर्वाद दिने विश्वास गरिन्छ। यही मान्यताका आधारमा कतिपय घरपरिवारमा राति जाग्राम बसेर लक्ष्मीको पूजा गर्ने चलन छ।

दसैँका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम समाप्त भएपछि कोजाग्रत पूर्णिमाले बडादसैँको औपचारिक समापनको संकेत गर्दछ। यस पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्पराको महत्वलाई पनि उजागर गर्छ।

८ कार्तिक २०८३, आईतवार ०७:१६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०