७ बैशाख २०८३, सोमबार
Follow us :

कांग्रेसका सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेटवार्ता

कान्तिपुर प्रेस

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल शुरु गर्ने जनाउनुभएका थापाले आइतबार साँझ खड्का निवासमै पुगेर भेटवार्ता गर्नुभएको हो ।

पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले जानकारी दिनुभएको छ । सर्वोच्चको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताउनुभयाे ।

सभापति थापाले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभएको छ ।

७ बैशाख २०८३, सोमबार ०८:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०