३ भाद्र २०८३, बुधबार
Follow us :

नाइमा एक्स्पोमा एथर नेपालका ५०० भन्दा बढी बुकिङ

कान्तिपुर प्रेस

काठमाडौं — वैद्य इनर्जीअन्तर्गतको एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ प्राप्त गरेको जनाएको छ। छ दिनसम्म सञ्चालन भएको एक्स्पोमा एथरका नयाँ विद्युतीय स्कुटर, प्रविधि र ओनरसिप इकोसिस्टमप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको कम्पनीले जनाएको हो।

कम्पनीका अनुसार उक्त उपलब्धि मुख्यतः छुट तथा अल्पकालीन अफरका कारण नभई ग्राहकको विश्वास, ब्याट्री एश्योरेन्स, सर्भिस र चार्जिङ पूर्वाधारमा गरिएको निरन्तर लगानीको परिणाम हो।

ब्याट्रीदेखि चार्जिङ पूर्वाधारसम्म जोड

एथरले आफ्ना स्कुटरको ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिँदै न्यूनतम ७० प्रतिशत ब्याट्री हेल्थ कायम रहने ग्यारेन्टी गरेको जनाएको छ। कम्पनीले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार गरिसकेको बताएको छ।

एक्स्पोमा सार्वजनिक गरिएको एथर ४५० ओभरटोन सिरिजले ग्राहकको विशेष ध्यान आकर्षित गरेको कम्पनीको दाबी छ। सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथरजस्ता प्रविधियुक्त सुविधा समावेश छन्।

एथर नेपालका अनुसार एक्स्पोमा ग्राहकबाट प्राप्त प्रतिक्रिया उत्साहजनक थियो। ग्राहकले छोटो अवधिका छुट तथा अफरभन्दा उत्पादनप्रतिको विश्वास, ब्याट्रीको सुनिश्चितता र सहज प्रविधिलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।

कम्पनीले पछिल्लो बुकिङलाई नेपालमा विद्युतीय दुईपांग्रे सवारीप्रति बढ्दो उपभोक्ता विश्वास र दीर्घकालीन ओनरसिप अनुभवप्रतिको चासोका रूपमा व्याख्या गरेको छ।

२ भाद्र २०८३, मंगलवार १२:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०