१० मंसिर २०८३, बिहीबार
Follow us :

दशौँ राष्ट्रिय खेलकुद : बिहीबार आठ विधाका खेल हुँदै

प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियाका विभिन्न स्थानमा महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन्।

कान्तिपुर प्रेस

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार आठ विधाका खेल सञ्चालन हुने भएका छन्।प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियाका विभिन्न स्थानमा महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन्।

तालिकाअनुसार महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि हुनेछ भने पुरुष क्रिकेट सुर्खेतको कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ।पुरुष फुटबलको प्रतिस्पर्धा सुर्खेतस्थित मुख्य रंगशालामा दिउँसो २ः३० बजे हुनेछ। महिला बास्केटबलका खेल पनि वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछन्।

त्यस्तै, पौडी प्रतियोगिता बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि हुनेछ। टेनिस प्रतियोगिता बर्दियामा सञ्चालन हुनेछ। सुर्खेतको मुख्य कभर्डहलमा बक्सिङ प्रतियोगिता मध्याह्न १२ बजेदेखि सुरु हुनेछ भने जिम्न्यास्टिक प्रतियोगिता सुर्खेतकै मिनी कभर्डहलमा हुनेछ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित अन्य जिल्लामा समेत सञ्चालन भइरहेका छन्।

 

१० मंसिर २०८३, बिहीबार ०६:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०