४ भाद्र २०८३, बिहीबार
Follow us :

३५ लाख ९९ हजारमा नामी भिगो, ईभी बजारमा नयाँ तरङ

सअघि बिक्री हुँदै आएको नामी भिगो ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो। नयाँ भेरियन्टको मूल्य अघिल्लो मोडलभन्दा ८ लाख रुपैयाँ कम छ।

कान्तिपुर प्रेस

काठमाण्डाै । डोङफेङ नामी भिगोको नयाँ भेरियन्ट ३५ लाख ९९ हजार रुपैयाँमा बिक्री सुरु भएको छ। अघिल्लो भेरियन्टभन्दा ८ लाख रुपैयाँ सस्तो छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले नामी भिगोको नयाँ भेरियन्ट सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ। कम्पनीले यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।

यसअघि बिक्री हुँदै आएको नामी भिगो ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो। नयाँ भेरियन्टको मूल्य अघिल्लो मोडलभन्दा ८ लाख रुपैयाँ कम छ। कम्पनीका अनुसार नयाँ भेरियन्टमा मुनरुफ र १७ इन्चको ह्वील उपलब्ध छ भने अन्य प्रमुख फिचरहरू ई२ प्लससँग समान छन्।

नयाँ भेरियन्ट सार्वजनिक गर्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले ग्राहकको सन्तुष्टि कम्पनीको प्राथमिकता रहेको बताए। उनका अनुसार सरकारले लागू गरेको नयाँ कर नीतिका कारण राजस्व कम लागेपछि त्यसको लाभ उपभोक्तालाई हस्तान्तरण गरिएको हो। ‘राज्यले दिएको सुविधा उपभोक्ताहरूकै लागि हो,’ अग्रवालले भने।

३५ लाख ९९ हजार रुपैयाँको मूल्यसँगै नामी भिगो सब–फोर–मिटर एसयूभी तथा प्रिमियम ह्याचब्याकको मूल्य दायरामा आएको छ। यसले टाटा पन्च ईभी, आर्कफक्स टी१, चेरी क्यू, बीवाईडी एटो २ र लिपमोटर बी०३एक्सजस्ता विद्युतीय सवारीसँग प्रतिस्पर्धा थप तीव्र बनाउने देखिएको छ।

अघिल्लो वर्ष नेपाली बजारमा आएको नामी भिगोले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीको दाबी छ। नयाँ मूल्यपछि यसको बजार प्रदर्शन कस्तो हुन्छ भन्ने भने आगामी दिनमा स्पष्ट हुनेछ।

 

४ भाद्र २०८३, बिहीबार १२:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०