७ भाद्र २०८३, आईतवार
Follow us :

धवलशम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता

राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेट गरेको जानकारी दिएका छन्।

कान्तिपुर प्रेस

राप्रपाबाट अलग भएर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेट गरेको जानकारी दिएका छन्। उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै भेट ‘फलदायी’ भएको उल्लेख गरेका छन्।

तर भेटका क्रममा कुन–कुन विषयमा छलफल भयो भन्नेबारे राणाले विस्तृत जानकारी दिएका छैनन्।राप्रपाबाट अलग भएपछि राणाले जय नेपाल पार्टी गठन गरेका हुन्। उक्त पार्टीले राजसंस्थासहितको राजनीतिक एजेन्डा अघि सारेको छ। पछिल्लो भेटलाई भने राणा र पूर्वराजाबीचको राजनीतिक संवादका रूपमा समेत हेरिएको छ।

७ भाद्र २०८३, आईतवार ०८:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०