काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिइन्।
भेटमा बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण, नागरिक व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउने र प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सरकार केन्द्रित रहेको जनाइएको छ।
१५ भाद्र २०८३, सोमबार १६:३१ मा प्रकाशित












