८ कार्तिक २०८३, आईतवार
Follow us :

आज कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

कान्तिपुर प्रेस

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ। बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।त्यस्तै, तराईका विभिन्न स्थान, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले बिहानको समयमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

 

८ कार्तिक २०८३, आईतवार ०७:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०