६ माघ २०८२, सोमबार
Follow us :

टाहाखेल तरकारी बजार देखि–चौतारा सम्म सडक विस्तार हुँदै : ३ दिनभित्र टहरा हटाउन आग्रह

कान्तिपुर प्रेस

गोदावरी नगरपालिका वडा नं. १० र ११ को सिमाना क्षेत्रमा पर्ने टाहाखेल तरकारी बजारदेखि टाहाखेल चौराहासम्मको मूल सडक विस्तार तथा निर्माण कार्य अघि बढाइने भएको छ।

श्री काठमाडौं चक्रपथ सुधार आयोजनाले उक्त सडक विस्तारका लागि ठेक्का सम्झौता गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको वडा कार्यालयले जनाएको छ। सडक विस्तारका क्रममा सडकको केन्द्रबाट पाँच मिटर भित्र पर्ने टहरा तथा अस्थायी रूपमा राखिएका सामग्री हटाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई आजको मितिले तीन दिनभित्र ती संरचना हटाइदिन वडा कार्यालयले आग्रह गरेको छ।

वडा अध्यक्ष शेखर न्यौपानेले सडक विस्तार कार्य जनहितमा रहेको उल्लेख गर्दै समयमै टहरा तथा सामग्री हटाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभएको छ। समयमै सहयोग प्राप्त भएमा निर्माण कार्य सहज र छिटो सम्पन्न हुने विश्वास वडा कार्यालयले व्यक्त गरेको छ।

१० पुष २०८२, बिहीबार १३:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०