३ भाद्र २०८३, बुधबार
Follow us :

ग्यास आयात घटाउन विद्युतीय चुलोमा जान सांसदको सुझाव

कान्तिपुर प्रेस

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले वातावरण प्रदूषण नियन्त्रणसँगै ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने बताए। उनले सरकारले विद्युतीय चुलो प्रवर्द्धनका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

सांसदहरूले बैठकमा विभिन्न क्षेत्रमा देखिएका विपद्, सडक अवरोध, दुर्घटना तथा जनजीवनसँग सम्बन्धित समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताए। उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट हुने मृत्यु बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताए। उनले बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अपनाउन सरकारसँग माग गर्दै परिणाममुखी काम गर्न आग्रह गरे।

सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भएको विषय उठाए। विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको भन्दै उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

३ भाद्र २०८३, बुधबार ०७:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०