काठमाडौँ :निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ।
उनको रिट बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको थियो। सर्वोच्च अदालत प्रशासनका अनुसार रिटमाथि सुनुवाइका लागि १० दिनपछि कात्तिक ३० गतेको मिति तोकिएको हो। कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाउने निर्णय गैरकानुनी रहेको दाबी गर्दै उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा न्यायिक उपचार मागेका हुन्।
२० कार्तिक २०८३, शुक्रबार १५:२३ मा प्रकाशित









