२० कार्तिक २०८३, शुक्रबार
Follow us :

बाढी प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गर्ने कांग्रेसको निर्णय

छठलगत्तै रसुवा, धादिङ र नुवाकोट पुगेर प्रभावित नागरिकसँग अन्तरक्रिया गर्ने, न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान पनि चलाउने

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँबस्तीमा स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ।सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको केन्द्रीय समितिको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको हो।

बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रको पछिल्लो अवस्था, नागरिकको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिइएको कांग्रेसले जनाएको छ।बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्या समाधान र पुनःस्थापनाप्रति पार्टी प्रतिबद्ध रहेको जनाउँदै कांग्रेसले पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ।

 

२० कार्तिक २०८३, शुक्रबार १८:४२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०