१६ भाद्र २०८३, मंगलवार
Follow us :

अग्नि ग्रुपको एक करोड सहयोग

रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग

कान्तिपुर प्रेस

काठमाडौं । कर्पोरेट क्षेत्रमा सामाजिक उत्तरदायित्वका कामलाई प्रचारप्रसारको माध्यम बनाउने प्रवृत्तिबीच अग्नि ग्रुपले भने सादगीपूर्ण र अनुकरणीय कदम चालेको छ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप तथा महिन्द्राका तर्फबाट ११ भदौमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका थिए।

ठूलो रकम सहयोग गरे पनि अग्नि ग्रुपले यसबारे कुनै आधिकारिक प्रेस विज्ञप्ति वा प्रचारात्मक विज्ञापन जारी नगरेको जनाइएको छ। संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारको विषय बनाउन नहुने मान्यताका कारण कम्पनीले सहयोगबारे सार्वजनिक प्रचार नगर्ने निर्णय गरेको बताइएको छ।

राष्ट्रिय संकटका बेला व्यावसायिक लाभभन्दा माथि उठेर नागरिकको साथमा उभिनुपर्ने निजी क्षेत्रको दायित्वलाई अग्नि ग्रुपको यो पहलले देखाएको छ। सामाजिक उत्तरदायित्वलाई प्रचारभन्दा सेवाको भावनासँग जोडेर अघि बढाएको भन्दै यस कदमलाई कर्पोरेट क्षेत्रका लागि अनुकरणीय उदाहरणका रूपमा लिन सकिन्छ।

१५ भाद्र २०८३, सोमबार १६:४७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०