३ कार्तिक २०८३, मंगलवार
Follow us :

हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बादल लागेको छ।

कान्तिपुर प्रेस

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बादल लागेको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित देशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यसैगरी, गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा आंशिक बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्नु उपयुक्त हुनेछ।

 

३ कार्तिक २०८३, मंगलवार ०८:०१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०