१७ भाद्र २०८३, बुधबार
Follow us :

एनएमबी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

राहत सामग्रीसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

कान्तिपुर प्रेस

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३ करोड ५१ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। साथै, प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराइएको बैंकले जनाएको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण घरपरिवार विस्थापित हुनुका साथै सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।

बैंकले विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै राहत, उपचार, खाद्यान्न, आवास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरेको छ।

१६ भाद्र २०८३, मंगलवार १८:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०