२० कार्तिक २०८३, शुक्रबार
Follow us :

धनतेरसका दिन सुन र चाँदीको मूल्यमा भारी गिरावट

कान्तिपुर प्रेस

काठमाडौँ ।धन त्रयोदशी अर्थात् धनतेरसका दिन नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २० गते, शुक्रबार) सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले ओरालो लागेको छ।

मूल्य गिरावट भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि तोलामा ११० रुपैयाँको गिरावट आउँदै आज प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।

विशेष गरी धनतेरसका दिन नयाँ सुनचाँदीका गहना तथा भाँडाकुँडा खरिद गर्ने धार्मिक परम्परा रहेकाले बजारमा ग्राहकको उल्लेख्य भीड लागेका बेला मूल्यमा आएको यो भारी गिरावटले उपभोक्ताहरूलाई राहत पुगेको व्यवसायीहरूले बताएका छन्।

२० कार्तिक २०८३, शुक्रबार १२:२५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०