२० कार्तिक २०८३, शुक्रबार
Follow us :

एनपिएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै : कर्णालीले जित्यो टस, पहिले बलिङ गर्ने

अङ्क तालिकामा समान ४-४ अङ्क जोडेका दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाउने दाउमा छन्। जारी संस्करणमा उत्कृष्ट लयमा देखिएको कर्णाली टोली सुदूरपश्चिमलाई पहिलो पटक पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ। अर्कोतर्फ, विगतका दुई संस्करणको फाइनलिस्ट टोली सुदूरपश्चिमका लागि आजको हारले पहिलो पटक प्लेअफको दौडबाट बाहिरिने जोखिम बढाउन सक्ने भएकाले जित निकाल्नै पर्ने दबाब छ।

कान्तिपुर प्रेस

काठमाडौँ ।नेपाल प्रिमियर लिग (NPL) को आजको पहलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। कीर्तिपुरस्थित मैदानमा भएको टसमा कर्णाली याक्सका कप्तानले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएका छन्।

अङ्क तालिकामा समान ४-४ अङ्क जोडेका दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाउने दाउमा छन्। जारी संस्करणमा उत्कृष्ट लयमा देखिएको कर्णाली टोली सुदूरपश्चिमलाई पहिलो पटक पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ। अर्कोतर्फ, विगतका दुई संस्करणको फाइनलिस्ट टोली सुदूरपश्चिमका लागि आजको हारले पहिलो पटक प्लेअफको दौडबाट बाहिरिने जोखिम बढाउन सक्ने भएकाले जित निकाल्नै पर्ने दबाब छ।

कर्णाली याक्सले यस संस्करणमा शानदार सुरुवात गरेको थियो। टोलीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग ४ विकेटको हार ब्यहोरेको कर्णाली आज सुदूरपश्चिमलाई हराउँदै पुनः जितको लयमा फर्किने योजनामा छ। आजको खेलमा दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर डेभिड मिलरले कर्णालीको तर्फबाट एनपिएलमा डेब्यू गर्दै छन्, जसले टोलीको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाएको छ।

यता, दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको यात्रा भने उतारचढावपूर्ण रहेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार ब्यहोरेको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै शानदार पुनरागमन गरेको थियो।

त्यसपछि वर्षाले प्रभावित खेलमा विराटनगरसँग ३५ रनले पराजित भए पनि पछिल्लो खेलमा बलियो टोली चितवन राइनोजलाई ५ विकेटले पछाडि पार्दै सुदूरपश्चिमले आफ्नो लय फर्किसकेको संकेत दिएको छ। ४ खेलबाट ४ अङ्क नै जोडेको सुदूरपश्चिमका लागि आजको नतिजा प्लेअफ यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

२० कार्तिक २०८३, शुक्रबार १२:५३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०