२० कार्तिक २०८३, शुक्रबार
Follow us :

एनपीएल : चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

पोखराका कप्तान चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए।तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै ३ अंक जोडेको छ। आजको खेल जितेमा चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर हुनेछ।

कान्तिपुर प्रेस

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनायो।चितवनका कप्तान सिकन्दर राजाले ३७, रवि बोपराले ३५ र अर्जुन साउदले ११ रन बनाए।

पोखराका कप्तान चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए।तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै ३ अंक जोडेको छ। आजको खेल जितेमा चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर हुनेछ।

यता पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई हराउँदै जितको खाता खोल्ने लक्ष्यमा छ।आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो।

 

२० कार्तिक २०८३, शुक्रबार १८:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०