३० कार्तिक २०८३, सोमबार
Follow us :

कर्णाली याक्सले टस जित्यो, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै

प्लेअफमा पुगिसकेको चितवनले पाँच खेलाडी परिवर्तन गर्दा प्लेअफ दौडबाट बाहिरिएको कर्णालीले एक खेलाडी बदल्यो

कान्तिपुर प्रेस

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका छन्। चितवन राइनोजले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने कर्णाली याक्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ।

आजको खेलका लागि चितवनले आफ्नो टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ। अर्जुन साउद, रञ्जितकुमार, मौसम ढकाल, रवि बोपारा र डेविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान माउज्ली र उसामा मिरलाई टोलीमा समेटिएको छ।

यस्तै, कर्णालीले पनि एक खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्र रावतको स्थानमा सचिन शर्माले टोलीमा स्थान बनाएका छन्।

एनपीएलअन्तर्गत आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ।

 

२९ कार्तिक २०८३, आईतवार १३:१७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०