१० मंसिर २०८३, बिहीबार
Follow us :

आज देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र कुहिरो

कोशीसहित पहाडी क्षेत्रमा आंशिक बदली हुने

कान्तिपुर प्रेस

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ।हाल बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। बिहानपख काठमाडौं उपत्यका तथा खोँचहरूका साथै तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।

 

१० मंसिर २०८३, बिहीबार ०६:४९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०