१० मंसिर २०८३, बिहीबार
Follow us :

२४ घण्टामा ९१० सवारी चालक कारबाहीमा

तीव्र गति र हर्न निषेध उल्लङ्घनमा पनि कारबाही

कान्तिपुर प्रेस

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१० जना सवारी चालकलाई कारबाही गरेको छ।बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०० जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीमार्फत ४४ जना र रातो बत्ती उल्लङ्घन गर्ने ३७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २० जना तथा सवारीको अवस्था ठीक नभएका ४४ जना चालक कारबाहीमा परेका छन्।त्यस्तै, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५४४ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

 

१० मंसिर २०८३, बिहीबार ०६:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०