नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।कावासोती नगरपालिका–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ९ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।घाइतेहरूको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।











