२६ माघ २०८२, आईतवार
Follow us :

तीन दिनसम्म देशभर आंशिकदेखि पूर्ण बदली, कोशी र मधेशमा भारी वर्षाको सम्भावना

कान्तिपुर प्रेस

काठमाडौं, असोज १९ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि पूर्ण बदली रहने र कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना जनाएको छ।

महाशाखाका अनुसार आज आइतबार (असोज १९ गते) कोशी र मधेश प्रदेशमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। अन्य प्रदेशहरूमा पनि आंशिकदेखि पूर्ण बदली रहँदै केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

असोज २० गते (सोमबार) को दिन कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने र राति देशका अधिकांश भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ। तर, पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने बताइएको छ।

त्यसैगरी असोज २१ गते (मंगलबार) का दिन कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षाको सम्भावना रहेकाले नदी किनारका बासिन्दा, यात्रा गर्नेहरू तथा पहाडी क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

 

१९ आश्विन २०८२, आईतवार ०९:११ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०