१० चैत्र २०८१, सोमबार
Follow us :

सांसद माधव सापकोटाले भने : वर्तमान सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्छ

कान्तिपुर प्रेस

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा चढाएको छ । सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासन प्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ । यसप्रति खेद व्यक्त गर्न चाहन्छु, निन्दा व्यक्त गर्न चाहन्छु,’ सांसद सापकोटाले भने ।

यो घटना क्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा आफूहरूले लिएको उनले बताए ।

‘सरकारको त कुनै विश्वास र भरोसा रहेन नै । सिंगै देशको इज्जत, प्रतिष्ठा र मान-संरक्षण र रक्षाका खातिर सम्मानित प्रतिनिधिसभाले विशेष महत्वको रूपमा लिएर थप कदमका लागि गम्भीर बनोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

११ फाल्गुन २०८१, आईतवार ०९:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०