८ चैत्र २०८१, शनिबार
Follow us :

च्याम्पियन्स ट्रफी: पाकिस्तान-बङ्गलादेश खेल वर्षाका कारण रद्द

कान्तिपुर प्रेस

च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ ।पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । खेल हुन नसकेपछि दुवै टोलीले समान १ अङ्क बाँडेका छन् ।

पाकिस्तान र बङ्गलादेश पहिले नै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।आयोजक पाकिस्तानले यस प्रतियोगितामा आफ्नो पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेलेको थियो, जसमा उसले हार व्यहोर्नुपरेको थियो । दोस्रो खेलमा भारतविरुद्ध पनि पराजय व्यहोरेको थियो ।

त्यस्तै, बङ्गलादेशले पनि भारत र न्युजिल्यान्डसँग नै पराजित भएको थियो ।गत मङ्गलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द भएको थियो ।

१६ फाल्गुन २०८१, शुक्रबार ०८:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०