२९ पुष २०८२, मंगलवार
Follow us :

नेपालमा पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, महासंघको च्याप्टर गठन

कान्तिपुर प्रेस

काठमाडौं – अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन गरिएको छ। सोमबार आयोजित विशेष भेलामा अमेरिकामा स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनालको उपस्थितिमा नेपाल च्याप्टरको घोषणा गरिएको हो।

भेलाका प्रमुख अतिथि खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको सञ्जाल निर्माण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना गरिएको जानकारी गराए। उनले अमेरिकामा गठन भएको महासंघको पहिलो अन्तर्राष्ट्रिय शाखाको रूपमा नेपाल च्याप्टर गठन गरिएको बताए।

भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ। समितिमा उपाध्यक्षका रूपमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल चयन भएका छन्। सचिवको जिम्मेवारी सोविता रिसालले सम्हाल्नेछिन् भने कोषाध्यक्षमा पवन पौडेल चयन भएका छन्।

त्यसैगरी, बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन्।

सल्लाहकारका रूपमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही र डा. राजेश अहिराज चयन भएका छन्। कानुनी सल्लाहकारको रूपमा गणेश घिमिरे नियुक्त भएका छन्।

महासंघको नेपाल च्याप्टरले स्वतन्त्र पत्रकारिता प्रवर्द्धन गर्दै पत्रकारहरूको हकहित र सशक्तीकरणमा योगदान दिने अपेक्षा गरिएको छ।

६ फाल्गुन २०८१, मंगलवार ००:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०