२६ माघ २०८२, आईतवार
Follow us :

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना

कान्तिपुर प्रेस

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दुर्घटना हुँदा अन्य १२ जनालाई सामान्य चोटपटक लागेको छ। गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन्।

विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। ​एबीसी न्युजका अनुसार विमान मिनियापोलिसबाट स्थानीय समय अनुसार सोमबार बिहान ११:३४ बजे उडेको थियो।

प्रहरीले दुर्घटनाको वरपरको अवस्थाबारे केही बताएको छैन। विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन्। क्यानडाकी यातायातमन्त्री अनिता आनन्दले घटनालाई गम्भीररूपमा लिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ।

क्यानडाको यातायात सुरक्षा बोर्ड (टीएसबी) ले अनुसन्धानकर्ताको टोली खटाउने बताएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानकर्ताको टोलीले टीएसबीलाई सहयोग गर्ने भनेको छ।

६ फाल्गुन २०८१, मंगलवार ००:५८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०