२५ माघ २०८२, शनिबार
Follow us :

“टोखा प्याब्सन नगरस्तरीय फुटसलमा एक्टिभ एकेडेमी विजयी”

कान्तिपुर प्रेस

टोखा नगरपालिका भित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच आयोजित नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विद्यालयहरूले उल्लेखनीय उत्साहका साथ सहभागिता जनाए।

प्रतियोगिताको मुख्य आकर्षण सिनियर ब्वाइजतर्फको फाइनल खेलमा एक्टिभ एकेडेमी, बसुन्धारा ले शानदार प्रदर्शन गर्दै उपाधि उचालेको छ। स्वेत सदन स्कुल सँगको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा निर्णायक जित निकाल्दै एक्टिभ च्याम्पियन बनेको हो।

टोखा प्याब्सन नगर समितिका अनुसार प्रतियोगिता सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स ओपन गरी तीन विधामा सम्पन्न भएको थियो। सिनियर ब्वाइजतर्फ मात्र २१ टिमको सहभागिता रहेको थियो, जसले प्रतियोगिताको स्तरलाई थप प्रतिस्पर्धात्मक बनायो।

विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
टोखा प्याब्सनद्वारा पहिलोपटक आयोजना गरिएको यो नगरस्तरीय प्रतियोगिता विद्यार्थीहरूको शारीरिक फिटनेस, सहकार्य, मित्रता र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालनमा आएको एक्टिभ एकेडेमीले शैक्षिक सुधारसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ, जसको प्रमाण स्वरूप यो च्याम्पियन उपाधि रहेको छ।

१७ श्रावण २०८२, शुक्रबार २१:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०