२५ माघ २०८२, शनिबार
Follow us :

ललितपुरमा एमालेलाई अर्को धक्का : चुनावको मुखमा एमाले कार्यकर्ता कांग्रेस प्रवेश 

कान्तिपुर प्रेस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सरगर्मी बढ्दै जाँदा ललितपुर क्षेत्र नम्बर १ मा राजनीतिक समीकरणले नाटकीय मोड लिएको छ। ललितपुरको महांकाल गाउँपालिका वडा नं ६ ठूलादुर्लुङमा नेकपा एमाले परित्याग गरी वडा कमिटी सदस्यसहित सक्रिय नेता–कार्यकर्ताको टोलीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छ । एमाले त्यागेर अनिल सिगार, रविन सुनुवार, आनन्द सिगार र पूर्ण बरामसहितका कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्।

पछिल्लो समय ललितपुरमा एमाले छाडेर कांग्रेस रोज्नेहरूको लर्को नै लागेको छ। केही दिन अगाडि मात्रै गोदावरी नगरपालिका वडा नम्बर २ विसंखु नारायणका बहालवाला वडा सदस्य र कोन्ज्योसोम गाउँपालिकाको नल्लुमा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस उत्साहित बनेको छ।

निर्वाचनको अन्तिम घडीमा आएर एमालेको गढ मानिने ठाउँहरूबाटै संगठित रूपमा भएको यो विद्रोहले क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन मात्र सुदृढ बनाएको छैन, चुनावी मैदानमा कांग्रेसलाई ‘अपराजित’ शक्तिको रूपमा उभ्याएको छ। शृङ्खलावद्ध रूपमा भइरहेको यो पार्टी प्रवेशले आगामी चुनावमा कांग्रेसको जितको सुनिश्चितता बढेको र विपक्षीहरूको चुनावी अंकगणित बिग्रिएको स्थानीयहरुले बताएका छन् ।

२३ माघ २०८२, बिहीबार १२:३१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०