२५ माघ २०८२, शनिबार
Follow us :

राप्रपाका वडा अध्यक्षका उम्मेदवार केसी सहित २ दर्जन बढी युवाहरू कांग्रेसमा प्रवेश

कान्तिपुर प्रेस

गोदावरी नगरपालिकामा राप्रपाका प्रभावशाली युवा नेता एवं गत स्थानीय तह निर्वाचनका वडा अध्यक्ष उम्मेदवार सचिन केसीसहित दुई दर्जनभन्दा बढी युवाहरू शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा ५ सय ५७ मत प्राप्त गरी झरुवाराशीमा लोकप्रिय छविका साथ स्थापित केसीसँगै पहिलो स्थानीय निर्वाचनमा २ सय ३७ मत ल्याएका स्वतन्त्र उम्मेदवार ईश्वर बिष्ट र नेकपा एमाले झरुवाराशिका पूर्व इकाई सचिव युगल केसी समेत कांग्रेसमा समाहित भएका छन्।

उनीहरूलाई नेपाली कांग्रेसका सहममन्त्री उदयशमशेर राणाले नेपाली कांग्रेसमा स्वागत गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै क्षेत्र नं. १ का ललितपुरका उम्मेदवार समेत रहेका नेता राणाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै कांग्रेस अब बदलिएको र देश बदल्ने संकल्पका साथ अघि बढेको उद्घोष गरे । आजै जीएनजी युवा समूहका दुई दर्जन बढी युवाहरूलाई पार्टीमा भित्र्याउँदै नेता राणाले सभापति गगन थापाको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा होमिएको र देशकै पहिलो शक्ति बनेर जनताको सुशासनको चाहना पूरा गर्ने दाबी गरे ।

कांग्रेसमा प्रवेश गर्ने अधिकांश युवाहरूले नेपालमा युवाको आन्दोलन पछि कांग्रेसभित्र भएको नेतृत्व परिवर्तन तथा सुशासनप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर आफूहरू कांग्रेसमा समाहित भएको बताएका छन्। निर्वाचनको मुखमा झरुवाराशि र गोदावरी क्षेत्रका स्थापित युवा शक्ति कांग्रेसमा ध्रुवीकृत भएसँगै यस क्षेत्रमा कांग्रेसको चुनावी पल्ला भारी भएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

२४ माघ २०८२, शुक्रबार १०:१२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०