११ बैशाख २०८३, शुक्रबार
Follow us :

सुकुमवासीलाई बलपूर्वक उठाउने प्रयास न्यूनतम मानवीय संवेदना विपरीत : नेविसंघ

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्पष्ट मापदण्डसहित सुकुमवासीको पहिचान गरेर स्थानीय सरकारको समन्वयमा दीर्घकालीन समाधान खोज्नु पर्ने बताएको छ ।

सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गर्ने तयारी गरिरहेका बेला नेविसंघले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीहरूलाई बलपूर्वक उठाउने प्रयास न्यूनतम मानवीय संवेदना विपरीत रहेको जनाएको छ ।

‘सरकारको प्राथमिकता जबरजस्ती हटाउने होइन, बरु स्पष्ट मापदण्डसहितसुकुमवासी पहिचान, पुनःव्यवस्थापन योजना र स्थानीय सरकारको समन्वयमा दीर्घकालीन समाधान खोज्नु हुनुपर्छ,’ प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘अन्यथा, यस्ता निर्णयहरूले समस्या समाधान नगरी अझ गहिरो बनाउने निश्चित छ ।’

नेविसंघले मानव अधिकारको पूर्ण सम्मान गर्दै न्यायपूर्ण, समावेशी तथा दीर्घकालीन समाधान अविलम्ब खोज्न सरकारसँग माग गरेको छ ।

‘गरिबीको रेखामुनि रहेका घरबारविहीन तथा निमुखा नेपाली जनता नै राज्यको संरक्षण र सहायताका सबैभन्दा बढी हकदार हुने हुँदा वैकल्पिक व्यवस्था बिना यस्ता नागरिकलाई विस्थापित गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,’ नेविसंघले भनेको छ ।

११ बैशाख २०८३, शुक्रबार १३:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०