काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत वार्षिक ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार नाडा अटो शो २०२६ लाई लक्षित गरी ल्याइएको विशेष योजनामा आधार दरमै अटो लोन उपलब्ध गराइनेछ। यो विशेष ब्याजदर योजना भदौ मसान्तसम्म लागू हुनेछ। उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ।
बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट उपलब्ध गराउने जनाएको छ।











