काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
६ मंसिर २०८३, आईतवार ११:१३ मा प्रकाशित











