१७ बैशाख २०८३, बिहीबार
Follow us :

निजामती सेवाका रिक्त पद पूर्तिका लागि विवरण माग

कान्तिपुर प्रेस

काठमाडौं, कात्तिक १२ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निजामती सेवाका रिक्त पद पूर्तिका लागि सम्बन्धित निकायहरूलाई रिक्त पदको विवरण पठाउन आग्रह गरेको छ। मन्त्रालयले कात्तिक १६ गतेभित्र माग आकृति फाराम भरेर विवरण पठाउन सूचना जारी गरेको हो।

लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिका अनुसार सेवा समूह सञ्चालन गर्ने सबै मन्त्रालय, महालेखा परीक्षकको कार्यालय तथा महालेखा नियन्त्रक कार्यालयलाई रिक्त पदको विवरण पठाउन अनुरोध गरिएको छ।

मन्त्रालयले सञ्चालन गर्ने सेवा, समूह, उपसमूह अन्तर्गत रहेका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) का प्राविधिक तथा अप्राविधिक पदहरूको विवरण खुल्ने गरी माग आकृति फाराम भर्न निर्देशन दिइएको छ।

माग आकृति फाराम भर्दा नेपाल सरकार मन्त्रीपरिषद्ले स्वीकृत भई राष्ट्रिय किताबखाना (निजामती) मा दर्ता भएका पदहरू मात्र समावेश गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। फाराममा सेवा, समूह वा उपसमूह, श्रेणी, पद, कुल स्वीकृत दरबन्दी, कार्यरत सङ्ख्या, रिक्त सङ्ख्या, जम्मा रिक्त पद, माग सङ्ख्या, अवकाश, राजीनामा तथा कारबाहीमा परी रिक्त हुने पदहरूको विवरण समावेश गर्नुपर्ने मन्त्रालयका अधिकृत सुमन खड्काद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सरकारले निजामती सेवाको सुदृढीकरण तथा प्रशासनिक दक्षता अभिवृद्धिका लागि रिक्त पद पूर्तिको प्रक्रिया तीव्र बनाउने तयारी गरेको छ।

१३ कार्तिक २०८२, बुधबार ०६:४२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०