१७ बैशाख २०८३, बिहीबार
Follow us :

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको शुभकामना : दुःखको हरण होस्

कान्तिपुर प्रेस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । मंगलबार (वैशाख १) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् ।

“सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,” प्रधानमन्त्री बालेनले शुभकामना दिएका छन् ।

बालेनले सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् । “नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्री बालेनले लेखेका छन् ।

१ बैशाख २०८३, मंगलवार ०७:५२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०