११ असार २०८३, बिहीबार
Follow us :

कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू

कान्तिपुर प्रेस

काठमाण्डाै – नेपाली कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सभापति गगनकुमार थापाले आज अभियान शुरुआत गर्नुभएको हो ।

सभापति थापाले काठमाण्डौ महानगरपालिका वडा–३० मा आज क्रियाशील सदस्यता अद्यावधिक गरी अभियानको शुभारम्भ गर्नुभयो । पार्टीको एक महिने ‘जरा अभियान’ शुरुआत गर्दै उहाँले आफू पार्टी जिम्मेवारीमा भएकाले लचिलो रूपमा प्रस्तुत भइरहेको बताउनुभयो ।

यो अभियान वैशाख महिनाभर चल्ने र अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ ।

१ बैशाख २०८३, मंगलवार १६:४५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०