२ बैशाख २०८३, बुधबार
Follow us :

कांग्रेसमा जिम्मेवारी बाँडफाँट:—चार समिति गठन, को-को पाए जिम्मेवारी?

कान्तिपुर प्रेस

काठमाडौँ । नेपाली कांग्रेसले इलेक्सन ब्युरो नीति प्रशिक्षण प्रतिष्ठान र क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले यी तीन समितिमा दुई उपसभापति र एक महामन्त्रीलाई संयोजकको जिम्मेवारी समेत दिने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकपछि प्रवक्ता चालिसेले दिएको जानकारी अनुसार नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा उपसभापति विश्वप्रकाश शर्मालाई तोकिएको छ। वरिष्ठ उपसभापतिलाई प्रतिष्ठानको संयोजक तोक्ने कांग्रेसको विधानमा व्यवस्था छ।

त्यस्तै इलेक्सन ब्युरो गठन गर्दै अर्की उपसभापति पुष्पा भुसाललाई संयोजक तोकिएको छ। महामन्त्री प्रदीप पौडेल क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक तोकिएका प्रवक्ता चालिसेले जानकारी दिए। यो समितिको सदस्यमा सहमहामन्त्री द्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन्।

त्यस्तै बैठकले अर्का महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सङ्गठन सञ्चालन समिति बनाएको छ। समितिमा सहमहामन्त्री द्वय बहादुर सिंह लामा र मुक्ता यादवलाई सदस्यको जिम्मेवारी दिइएको छ।

२ बैशाख २०८३, बुधबार १९:३७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०