३ बैशाख २०८३, बिहीबार
Follow us :

रास्वपा संसदीय दलको बैठक आज : यी हुन् एजेन्डा

कान्तिपुर प्रेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (वैशाख ३) बस्दै छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, दिउँसो १२:१५ मा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विविध विषयमा छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

संसदीय समितिको निर्वाचन वैशाख ४ मा हुँदै छ । त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।

३ बैशाख २०८३, बिहीबार ०९:२५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०