६ बैशाख २०८३, आईतवार
Follow us :

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

कान्तिपुर प्रेस

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ ।

बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै छलफलमा जुटेको खड्का समूहले १५औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने बुझिएको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू पक्षका नेताहरुलाई छलफलमा बोलाएका थिए ।

शनिबारको बैठकमा नेता, खड्का, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखकलगायत सहभागी थिए ।

६ बैशाख २०८३, आईतवार ०७:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०