१० बैशाख २०८३, बिहीबार
Follow us :

प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

कान्तिपुर प्रेस

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ ।

आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रतिष्ठान अन्यत्र सार्ने निर्णय २०७५ साल भदौ १ गते भएको थियो ।

तर याे जग्गा प्रहरी प्रतिष्ठानकै मातहतमा रहने शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सरकारकाे याे निर्णयसँगै प्रतिष्ठान अन्यत्र नसारिने भएकाे छ ।

१० बैशाख २०८३, बिहीबार १३:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०