१४ बैशाख २०८३, सोमबार
Follow us :

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कान्तिपुर प्रेस

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि सुरु हुँदै छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन् ।

आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी हुँदैछन् । यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुँदैछन् ।

यो वर्ष देशभर एक हजार ४२० र जापानमा एक गरी कूल एक हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

१४ बैशाख २०८३, सोमबार ०८:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०