१७ बैशाख २०८३, बिहीबार
Follow us :

त्रिविका उपकुलपतिसहित तीन पदाधिकारी राजीनामा दिने तयारीमा

कान्तिपुर प्रेस

काठमाडौं – सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि त्रिभूवन विश्वविद्यालयका पदाधिकारीहरू छलफलमा जुटेका छन्। अध्यादेश स्वीकृत भएको अवस्थामा राजीनामा दिनेबारे छलफल भइरहेको त्रिवि स्रोतले जानकारी दिएको छ।

उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारीमा छन्। उनीहरूबीच अनौपचारिक छलफल समेत भएको बुझिएको छ।

स्रोतले भन्यो,‘सरकारले नै राजनीतिक नियुत्ति लिएकालाई पदमुक्ति गर्नेगरि अगाडि बढेपछि उहाँहरूले आफै अहिले नै मार्गप्रशस्त गर्नुपर्छ भन्नेमा हुनुहुन्छ,तर अहिलेसम्म राजीनामा नै दिने भन्ने आधिकारिक निर्णय भने आएको छैन।’

उपकुलपति अर्याल प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए। शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए।

तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको छ। तर सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निचोडमा पदाधिकारी पुगेका हुन्।

१७ बैशाख २०८३, बिहीबार १३:३४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०